Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से २५.८१ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं — नेपालको शेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.८१ अंकले घट्दै २,७४४.४५ विन्दुमा बन्द भएको हो। आज बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। कुल…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपालको शेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.८१ अंकले घट्दै २,७४४.४५ विन्दुमा बन्द भएको हो।

आज बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। कुल ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो।

कारोबारमा सूचीकृत ३५१ कम्पनीमध्ये ३० कम्पनीको शेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभरमा १ करोड २१ लाख ३४ हजार कित्ता शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो, जसको २४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यस्तै, पाल्पा सिमेन्टको २० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। उक्त कम्पनीको शेयर मूल्य १३.४१ प्रतिशतले वृद्धि भएको छ। साथै, नेपाल लाइफ समृद्धि लगानी योजनाका लगानीकर्ताले ३.८७ प्रतिशतका दरले लाभ कमाएका छन्।

यता, १० प्रतिशत केबीएल डिबेन्चर २०९० का लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। सो डिबेन्चरको मूल्य ११.४६ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/