spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचार३७ मुद्दा खेपेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ

३७ मुद्दा खेपेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ

काठमाडौं — पटक–पटक आपराधिक गतिविधिमा संलग्न रहँदै आएका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। २०६१ सालदेखि हालसम्म ३७ वटा मुद्दा खेपिसकेका रानाभाटलाई प्रहरीले पछिल्लो पटक काठमाडौंको टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा मालिगाउँस्थित यसको शाखा कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीका अनुसार रानाभाटले काठमाडौंका विभिन्न स्थानमा घरमा कोही नभएको मौका पारी ढोकाको ताला फोडेर भित्र प्रवेश गर्ने र सुन–चाँदीका गरगहना तथा मोबाइललगायतका सामान चोरी गर्ने गरेका थिए।

उनको आपराधिक इतिहास लामो रहेको प्रहरीले जनाएको छ। रानाभाटविरुद्ध अभद्र व्यवहारसम्बन्धी २२ वटा, चोरीसम्बन्धी १३ वटा, हातहतियार खरखजना र लागू औषधसम्बन्धी १–१ वटा मुद्दा दर्ता भइसकेका छन्।

पक्राउका क्रममा प्रहरीले उनको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना, विदेशी मुद्रासहित अन्य सामान बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here