Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

देशभर वर्षा र हावाहुरीको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं — मौसम पूर्वानुमान महाशाखा ले देशभर हाल पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रका कारण मौसम बदली भएको जनाएको छ। यस प्रणालीका कारण विभिन्न प्रदेशहरूमा वर्षा,…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — मौसम पूर्वानुमान महाशाखा ले देशभर हाल पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रका कारण मौसम बदली भएको जनाएको छ। यस प्रणालीका कारण विभिन्न प्रदेशहरूमा वर्षा, हावाहुरी तथा हिमपातको सम्भावना रहेको बताइएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा बदली रहेको छ भने हिमाली तथा पहाडी भूभागमा पनि मौसम प्रभावित बनेको छ। अन्य क्षेत्रहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

विशेषगरी कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ। साथै तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि मौसममा खासै सुधार नआउने देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानहरूमा बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

महाशाखाले रातिको समयमा पनि धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने र तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/