Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालय माध्यमिक विद्यालयका प्रअ र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार विद्यालयको भवन निर्माणलगायतका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार विद्यालयको भवन निर्माणलगायतका कार्यमा अनियमितता गरेको आरोपमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको हो।

अनुसन्धानबाट आर्थिक वर्ष २०७७/७८ मा दमक नगरपालिकामार्फत सञ्चालन भएको भवन निर्माण कार्यमा गम्भीर वित्तीय अनियमितता भएको खुलेको आयोगले जनाएको छ। पहिलो तलाको वास्तविक लागत १ करोड ४८ लाख ५३ हजार २३५ रुपैयाँ मात्र हुनुपर्नेमा नक्कली बिल, बिजक तथा भरपाइ तयार गरी २ करोड ७ लाख ७९ हजार ९२२ रुपैयाँ भुक्तानी गरिएको आरोप छ।

यस क्रममा ५९ लाख २६ हजार ६८६ रुपैयाँ बराबरको अतिरिक्त भुक्तानी गरी सरकारी रकम हिनामिना गरिएको आयोगको दाबी छ। साथै, दुवै जनाको मिलेमतोमा २०७७/७८ देखि बेरुजु रहेको १६ लाख ६० हजार १०१ रुपैयाँ र थप १७ लाख ९६ हजार ५२१ रुपैयाँ व्यक्तिगत प्रयोगमा लगाइएको समेत आरोप लगाइएको छ।

उक्त प्रकरणमा थप कानुनी प्रक्रिया विशेष अदालतमार्फत अगाडि बढ्ने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/