Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विस्थापित सुकुम्बासीको विवरण संकलन तीव्र :रंगशालामा झन्डै ४ हजारले दर्ता गरे नाम

काठमाडौं । राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा सरकारले सुरक्षा बल प्रयोग गरी संरचना हटाएपछि विस्थापित भएका परिवारहरू सम्पर्कमा आउन थालेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको सम्पर्क केन्द्रमा सोमबार साँझ ६ बजेसम्म ९३१…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा सरकारले सुरक्षा बल प्रयोग गरी संरचना हटाएपछि विस्थापित भएका परिवारहरू सम्पर्कमा आउन थालेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको सम्पर्क केन्द्रमा सोमबार साँझ ६ बजेसम्म ९३१ परिवारले आफ्नो विवरण दर्ता गराएका छन्।
संकलन गरिएको तथ्याङ्कअनुसार यी परिवारका कुल ३ हजार ९३५ सदस्यले सुकुम्बासीका रूपमा नाम लेखाएका हुन्। विवरण संकलनमा खटिएका एक अधिकारीका अनुसार विस्थापित हुनेहरूमा बालबालिकाको संख्या ठुलो छ, जहाँ १५ सयभन्दा बढी बालबालिका रहेका छन्। शनिबार बिहानैदेखि प्रहरीले बस्ती खाली गर्न चेतावनी दिएपछि त्रसित बनेका सुकुम्बासीहरू आफ्ना सामानसहित सुरक्षित स्थानको खोजीमा लागेका थिए। थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा र शान्तिनगर लगायतका क्षेत्रबाट विस्थापित भएकाहरू अहिले सरकारी संयन्त्रको सम्पर्कमा आउने क्रम बढ्दो छ।
पाँच स्थानमा होल्डिङ सेन्टर को व्यवस्था
आफ्नै बलबुतामा गाँस र बासको प्रबन्ध गर्न नसक्ने परिवारका लागि सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेर सहयोग गरिरहेको छ। त्यहाँ प्रारम्भिक विवरण भरेपछि उनीहरूलाई बस्नका लागि विभिन्न पाँचवटा होल्डिङ सेन्टर मा पठाउने व्यवस्था मिलाइएको छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क राखेर फारम भराइरहेका छन्। साथै, काठमाडौं महानगरपालिकाको समन्वयमा विस्थापितहरूको स्वास्थ्य परीक्षण र खानाको व्यवस्था समेत सोही स्थानमा भइरहेको छ।
सुरुमा थापाथली क्षेत्रका सुकुम्बासीहरू आएकोमा आइतबारदेखि सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रबाट आउनेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। संकलित विवरणहरूका आधारमा कुन परिवार कुन बस्तीबाट आएका हुन् भन्ने कुराको विस्तृत वर्गीकरण गर्ने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/