Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

राष्ट्र बैंक ७२ वर्षमा प्रवेश : डिजिटल फड्को, वित्तीय स्थायित्वमा जोड

काठमाडौं — नेपाल राष्ट्र बैंक आफ्नो ७१औं वार्षिकोत्सव मनाउँदै ७२औं वर्षमा प्रवेश गरेको छ। २०१३ साल वैशाख १४ गते स्थापना भएको केन्द्रीय बैंकले यस अवसरमा वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको विस्तार र…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल राष्ट्र बैंक आफ्नो ७१औं वार्षिकोत्सव मनाउँदै ७२औं वर्षमा प्रवेश गरेको छ। २०१३ साल वैशाख १४ गते स्थापना भएको केन्द्रीय बैंकले यस अवसरमा वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको विस्तार र आर्थिक स्थायित्वमा केन्द्रित नीतिहरूलाई प्राथमिकता दिएको जनाएको छ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ्गतर्फ उल्लेखनीय प्रगति भएको उल्लेख गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा प्रविधिको प्रयोग बढेसँगै डिजिटल कारोबारको दायरा विस्तार भएको छ भने सर्वसाधारणमा वित्तीय चेतना पनि क्रमशः अभिवृद्धि हुँदै गएको छ।

राष्ट्र बैंकका अनुसार देशका सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भइसकेका छन्। यसले अधिकांश नागरिकलाई औपचारिक वित्तीय सेवाको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। सुरक्षित, सक्षम र विश्वसनीय भुक्तानी प्रणाली विकास गर्दै वित्तीय समावेशीकरणलाई अझ सुदृढ बनाउने दिशामा केन्द्रीय बैंकले निरन्तर पहल गरिरहेको छ।

गभर्नर डा. विश्वनाथ पौडेलले समष्टिगत आर्थिक स्थायित्वमार्फत दिगो आर्थिक विकास सुनिश्चित गर्ने लक्ष्यका साथ मौद्रिक तथा विदेशी विनिमय नीतिहरू निर्माण र कार्यान्वयन गरिँदै आएको बताए। उनले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने, आवश्यक तरलता व्यवस्थापन गर्ने तथा बैंकिङ्ग क्षेत्रको सुदृढीकरणमा राष्ट्र बैंक प्रतिबद्ध रहेको स्पष्ट पारे।

नेपाल राष्ट्र बैंकले आगामी दिनहरूमा पनि वित्तीय प्रणालीको नियमन, निरीक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउँदै डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र वित्तीय पहुँच विस्तारलाई तीव्रता दिने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/