Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्नो रिभर्सले वैशाख २९ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

काठमाडौं — स्नो रिभर्स लिमिटेडले आगामी वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — स्नो रिभर्स लिमिटेडले आगामी वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँड गरिसकेको छ।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ करोड ७५ लाख रुपैयाँको आईपीओ निष्काशन गर्न लागेको हो। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भइसकेको छ।

यसअन्तर्गत आयोजना प्रभावितलाई ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७५० कित्ता शेयर बाँडफाँड भइसकेको कम्पनीले जनाएको छ। बाँकी शेयरमध्ये ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

अब बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म बैंकिङ समयभित्र दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/