Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वैशाखमै तीव्र शाखा समायोजन: दर्जन बैंकद्वारा १०० भन्दा बढी शाखा मर्ज

काठमाडौं - पछिल्लो समय नेपालका वाणिज्य बैंकहरूले शाखा सञ्जाल पुनर्संरचना गर्ने क्रम तीव्र बनाएका छन्। वैशाख महिनामा नै  विभिन्न बैंकहरूले दर्जनौँ शाखा मर्ज तथा समायोजन भएका छन्। वैशाख महिनामा मात्रै कम्तीमा १०…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – पछिल्लो समय नेपालका वाणिज्य बैंकहरूले शाखा सञ्जाल पुनर्संरचना गर्ने क्रम तीव्र बनाएका छन्। वैशाख महिनामा नै  विभिन्न बैंकहरूले दर्जनौँ शाखा मर्ज तथा समायोजन भएका छन्।

वैशाख महिनामा मात्रै कम्तीमा १० वटा बैंकले करिब १३८ शाखा तथा एक्सटेन्सन काउन्टरहरू समायोजन गर्ने प्रक्रिया अघि बढाएका छन्।

सबैभन्दा धेरै शाखा समायोजन गर्ने बैंकमा एनआईसी एशिया बैंक अग्रस्थानमा देखिएको छ। उक्त बैंकले मात्रै देशभरका ४४ शाखा एकीकृत गर्ने निर्णय गरेको छ।

यस्तै, कुमारी बैंकले २५ वटा (शाखा र एक्सटेन्सन काउन्टर सहित) सेवा केन्द्र समायोजन गरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १८ वटा शाखा गाभ्ने प्रक्रिया अघि बढाएको छ।

ग्लोबल आइएमई बैंकले काठमाडौं र ललितपुरका ८ शाखा समायोजन गर्ने भएको छ भने प्रभु बैंकले वैशाख १३ गतेदेखि लागू हुने गरी १४ शाखा मर्ज गरेको छ।

यसैगरी, नबिल बैंकले पनि विभिन्न स्थानका ७ शाखा समायोजन गर्ने योजना अघि बढाएको छ, जसअन्तर्गत काठमाडौं उपत्यकाका केही शाखा एकीकृत गरिँदै छन्।

बैंकहरूको यस्तो शाखा कटौती र समायोजनको मुख्य कारण डिजिटल बैंकिङको बढ्दो प्रयोग, सञ्चालन खर्च घटाउने रणनीति तथा एउटै क्षेत्रमा रहेका दोहोरिएका शाखाहरू व्यवस्थापन गर्नु रहेको देखिन्छ।

नेपाल राष्ट्र बैंकले महानगर क्षेत्रभित्र शाखा समायोजन गर्न सहज नीति ल्याएपछि बैंकहरू भौतिक सञ्जाल घटाएर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा अघि बढेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/