Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नबिल बैंकले काठमाडौंका तीन शाखा मर्ज गर्ने

काठमाडौं — नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र रहेका आफ्ना तीन शाखामध्ये दुई शाखा समायोजन गर्ने निर्णय गरेको छ। बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूलमा सञ्चालित शाखामध्ये बिजुलीबजार र शंखमूल शाखा बन्द गरी…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र रहेका आफ्ना तीन शाखामध्ये दुई शाखा समायोजन गर्ने निर्णय गरेको छ। बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूलमा सञ्चालित शाखामध्ये बिजुलीबजार र शंखमूल शाखा बन्द गरी सेवा एकीकृत रूपमा नयाँ बानेश्वर शाखाबाट सञ्चालन गर्ने जनाएको हो।

बैंकले आइतबार जारी गरेको सूचनाअनुसार आगामी वैशाख २१ गतेदेखि बिजुलीबजार र शंखमूल शाखाबाट प्रदान गरिँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द हुनेछन्। ती शाखाबाट प्रवाह हुने सेवा अबदेखि नयाँ बानेश्वर शाखाबाट मात्र उपलब्ध गराइनेछ।

यस निर्णयसँगै बिजुलीबजार र शंखमूल शाखामा रहेका ग्राहकका खाता, निक्षेप तथा लकर सेवा समेत नयाँ बानेश्वर शाखामा स्थानान्तरण गरिने बैंकले स्पष्ट पारेको छ। शाखा समायोजनमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी र सुदृढ बनाउने लक्ष्य राखिएको बैंकको भनाइ छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/