Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा झिनो सुधार, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडौं— साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १.६५ अंकले बढ्दै २,७८८.७० विन्दुमा बन्द भएको हो। आज कुल ३५१ कम्पनीका शेयर…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १.६५ अंकले बढ्दै २,७८८.७० विन्दुमा बन्द भएको हो।

आज कुल ३५१ कम्पनीका शेयर कारोबारमा आएका थिए। तीमध्ये ८७ कम्पनीका शेयर मूल्य वृद्धि हुँदा १६८ कम्पनीका शेयर मूल्य घटेका छन् भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा मिश्रित प्रवृत्ति देखिए पनि सूचक भने सकारात्मक दिशामा बन्द भएको छ।

कारोबार रकमको हिसाबले पनि बजार सक्रिय देखिएको छ। दिनभरिमा १ करोड २१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा रिडि पावर अग्रस्थानमा रह्यो, जसको २७ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

लाभ कमाउने कम्पनीतर्फ पाल्पा सिमेन्ट, शिखर पावर र माईखोला हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल हासिल गरेका छन्। यी कम्पनीका शेयरधनीहरूले करिब १५ प्रतिशतसम्म नाफा कमाएका छन्।

यता घाटा व्यहोर्नेमा १० प्रतिशत प्राइम डिबेन्चर २०८८ का लगानीकर्ता अग्रस्थानमा रहेका छन्। यस कम्पनीका लगानीकर्ताले आज ४.५९ प्रतिशतसम्म घाटा बेहोरेका छन्।

सामान्य सुधारसँगै बजारमा लगानीकर्ताको चासो कायम रहे पनि समग्र प्रवृत्ति अझै मिश्रित देखिएको छ। आगामी दिनमा बजारको दिशा लगानीकर्ता मनोबल, नीतिगत व्यवस्था र आर्थिक गतिविधिमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/