Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईपीओ जारी गर्ने तयारीमा कावेली इनर्जी

काठमाडौं — कावेली इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले १५औं वार्षिक साधारणसभा जेठ ३ गते आह्वान…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — कावेली इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले १५औं वार्षिक साधारणसभा जेठ ३ गते आह्वान गर्ने निर्णय गरेको हो।

साधारणसभा थापाथलीस्थित ट्रेड टावरको दोस्रो तलामा दिउँसो १ बजे सुरु हुने कम्पनीले जनाएको छ। सभामा कम्पनीले आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्नेछ। निर्माणाधीन कावेली–ए जलविद्युत आयोजनाका लागि आवश्यक पूँजी जुटाउन आईपीओ जारी गर्नुपर्ने भएकाले अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विषय पनि प्रस्तुत गरिनेछ।

यसका साथै, पूँजी संरचना परिवर्तनसँग सम्बन्धित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू अनुमोदन गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि टुंगो लगाइनेछ।

कम्पनीले आईपीओ निष्काशनमार्फत ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दै जलविद्युत उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/