spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनेप्से २.९५ अंकले घट्यो, ७ अर्बभन्दा बढीको कारोबार

नेप्से २.९५ अंकले घट्यो, ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं — साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेर बन्द भएको छ। बजार परिसूचक २.९५ अंकले घट्दै २,८०४.१७ विन्दुमा झरेको हो।

आज कुल ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभरिमा ३४२ कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर किनबेच भएका छन्, जसले बजारमा मध्यम स्तरको सक्रियता देखाएको छ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको मात्रै ४१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आजका विजेतातर्फ पाल्पा सिमेन्ट इन्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। यसैगरी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले पनि १४.९९ प्रतिशतका दरले लाभ कमाएका छन्।

नोक्सानीतर्फ भने होटल फरेष्ट इनका लगानीकर्ता सबैभन्दा बढी प्रभावित भएका छन्। उक्त कम्पनीको शेयर मूल्य १०.७५ प्रतिशतले घटेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here