Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलन

काठमाडौं — बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले पुनः ४० अर्ब रुपैयाँ बजारबाट तान्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १६० दिनका लागि उक्त रकम संकलन गर्न लागेको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले पुनः ४० अर्ब रुपैयाँ बजारबाट तान्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १६० दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।

पछिल्लो समय कर्जाको माग अपेक्षाकृत बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता थुप्रिएको छ। यही कारण संस्थाहरू करिब ३ प्रतिशतको हाराहारी ब्याजदरमै राष्ट्र बैंकमा रकम राख्न इच्छुक देखिएका छन्। बजारमा अत्यधिक तरलता हुँदा ब्याजदरमा असन्तुलन आउने जोखिमलाई नियन्त्रण गर्न राष्ट्र बैंकले यस्तो उपकरण प्रयोग गर्दै आएको छ।

यस प्रक्रियामा सहभागी हुन राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र अनुमति दिइएको छ। बोलकबोल प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ, जहाँ ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण गरिनेछ।

निक्षेप संकलन उपकरणअन्तर्गत रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। यसरी प्रस्तावित दरका आधारमा कुल आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिने व्यवस्था छ। संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बोल गर्न सक्नेछन् भने अधिकतम रकम ५ करोड रुपैयाँका गुणकमा प्रस्ताव गर्नुपर्नेछ।

यस योजनाअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज आगामी असोज २१ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *