Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा निरन्तर गिरावट: १७.९१ अंकले घट्दा कारोबार ५ अर्बमै सीमित

काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली शेयर बजारमा पुनः गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९१ अंकले घट्दै २,८०७.३१ विन्दुमा बन्द भएको हो। लगातार ओरालो लागेको बजारले लगानीकर्तामा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली शेयर बजारमा पुनः गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९१ अंकले घट्दै २,८०७.३१ विन्दुमा बन्द भएको हो। लगातार ओरालो लागेको बजारले लगानीकर्तामा सावधानी बढाएको देखिन्छ।

आज कुल ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा ३४७ कम्पनीका १ करोड ३० लाख कित्ता शेयर किनबेच भएका छन्, जसले बजारमा मध्यमस्तरको सक्रियता देखाए पनि सूचक भने दबाबमै रहेको संकेत गर्दछ।

कारोबारका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको ३७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स को ३० करोड १९ लाख रुपैयाँ र नेशनल हाइड्रोपावर को २३ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आजको कारोबारमा केही कम्पनीका लगानीकर्ताले उल्लेखनीय नाफा कमाएका छन्। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र पाल्पा सिमेन्ट इन्डष्ट्रिज का शेयरधनीहरूले १५ प्रतिशतसम्मको वृद्धि हासिल गरेका छन्।

यता, घाटा व्यहोर्ने कम्पनीतर्फ दोल्ती पावर कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीका लगानीकर्ताले आज ८.७१ प्रतिशतसम्मको मूल्य घट्दा ठूलो नोक्सानी बेहोर्नुपरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/