spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारवैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एभरेष्ट कलरको आईपीओ खुल्दै

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एभरेष्ट कलरको आईपीओ खुल्दै

काठमाडौं— एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि वैशाख १६ गतेदेखि आईपीओ खुला गर्ने जनाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। सो अनुसार, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गरिनेछ, जसको कुल मूल्य ७ करोड ९० लाख रुपैयाँ हुन्छ।

निष्काशन हुने कुल शेयरमध्ये १० प्रतिशत अर्थात ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। श्रम स्वीकृति प्राप्त गरेका नेपाली नागरिकहरूले यस चरणमा आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिन चाहनेले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम म्याद वैशाख २२ गते बैंकिङ समयभित्र तोकिएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here