Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं — टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले कुल १ अर्ब…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ।

कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्य बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विनियोजन गरिएको थियो।

आईपीओमा स्थानीय बासिन्दाका लागि फागुन २७ गतेदेखि चैत ११ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन २७ गतेदेखि चैत १ गतेसम्म आवेदन खुला गरिएको थियो। सो अवधिमा स्थानीयतर्फ करिब १ लाख २० हजार र वैदेशिक रोजगारीतर्फ ३० हजार ३०६ आवेदकबाट आवेदन परेको थियो।

कम्पनीका अनुसार दुवै समूहको शेयर बाँडफाँड वैशाख ४ गते सम्पन्न भइसकेको छ। बाँडफाँडअनुसार स्थानीय बासिन्दाले १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ३ लाख ३ हजार ६७ कित्ता शेयर प्राप्त गरेका छन्।

बाँडफाँडको नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। साथै, बाँडफाँडमा नपरेका आवेदकहरूको रकम वैशाख ७ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/