Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने 

काठमाडौं — बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी थालेको छ। कम्पनीले सो सम्बन्धमा निर्णय गर्न वैशाख २१ गते विशेष साधारणसभा बोलाएको जनाएको छ। वैशाख ३ गते बसेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी थालेको छ। कम्पनीले सो सम्बन्धमा निर्णय गर्न वैशाख २१ गते विशेष साधारणसभा बोलाएको जनाएको छ।

वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा आईपीओ निष्काशनसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ।

साथै, सभाले सञ्चालकहरूको सेवा–सुविधा निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्ने कार्यक्रम रहेको छ।

कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव साधारणसभाबाट पारित गरेपछि धितोपत्र बोर्डमा स्वीकृतिका लागि निवेदन दिने लगायतका आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/