Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा ३३.८३ अंकको गिरावट, कारोबार ९ अर्ब माथि

काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३३.८३ अंकले घट्दै २८३३.३ विन्दुमा झरेको हो। आज कुल ३४२ कम्पनीका २…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३३.८३ अंकले घट्दै २८३३.३ विन्दुमा झरेको हो।

आज कुल ३४२ कम्पनीका २ करोड ७४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसले बजारमा उल्लेख्य सक्रियता देखाएको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ६१ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै, नेशनल हाइड्रोपावर को ५५ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आजको बजारमा केही कम्पनीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्। रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक का लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डष्ट्रिज र शिखर पावर डेभलपमेन्ट का लगानीकर्ताले पनि ९.९९ प्रतिशतसम्म नाफा कमाएका छन्।

यता, घाटातर्फ सिन्धु विकास बैंक का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले घटेको छ।


 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/