Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सोपान फर्मास्युटिकल्सको आईपीओ खुला, आजदेखि आवेदन दिन सकिने

काठमाडौं — सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आज बिहीबारदेखि आईपीओ बिक्री सुरु गरेको हो। कम्पनीको जारी पूँजी १ अर्ब ७१ करोड ६०…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आज बिहीबारदेखि आईपीओ बिक्री सुरु गरेको हो।

कम्पनीको जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँमध्ये २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्यका शेयर निष्काशन गरिएको छ। प्रति कित्ता १०० रुपैयाँ दरका कुल ४२ लाख ९० हजार कित्ता शेयरमध्ये केही हिस्सा छुट्याएर बाँकी सर्वसाधारणका लागि खुला गरिएको छ।

निष्काशित शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ भने ५ प्रतिशत (२ लाख १४ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। त्यस्तै, ४ प्रतिशत (१ लाख ७१ हजार ६०० कित्ता) कर्मचारीका लागि आरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था छ। लगानीकर्ताले प्रति कित्ता १०० रुपैयाँका दरले पूर्ण रकम भुक्तानी गर्नुपर्नेछ।

आईपीओ छिटोमा वैशाख ८ गतेसम्म खुला रहनेछ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख १७ गतेसम्म कायम रहनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत पनि आवेदन दिन सकिनेछ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले सम्हालेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/