काठमाडौं – एपोलो हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा अपेक्षाभन्दा धेरै गुणा बढी आवेदन परेको छ। सिडिएसका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २८ लाख ७५ हजार ३७२ जनाले आवेदन दिएका छन्, जुन कुल निष्कासित सेयरभन्दा ४१.९५ गुणा बढी हो।
कुल मिलाएर ३ करोड २७ लाख ३२ हजार ९३० कित्ताका लागि ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको जनाइएको छ।
कम्पनीले सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता सेयर मात्र निष्कासन गरेको थियो। माग अत्यधिक भएकाले आईपीओको बाँडफाँड गोलाप्रथाबाट गरिनेछ।
यदि न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरियो भने करिब ७८ हजार २० जनाले मात्र सेयर प्राप्त गर्नेछन्। यस अनुसार करिब २७ लाखभन्दा बढी आवेदक लगानीकर्ताको हात खाली रहने निश्चित देखिएको छ।




