Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वर्षको अन्तिम कारोबार दिन नेप्सेमा झिनो गिरावट, कारोबार ८ अर्ब माथि

काठमाडौं— वर्ष २०८२ को अन्तिम कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य गिरावटका साथ बन्द भएको छ। बजार परिसूचक ४.१८ अंकले घट्दै २,८३३.६० विन्दुमा कायम भएको हो। आज कुल ३४२ कम्पनीका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— वर्ष २०८२ को अन्तिम कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य गिरावटका साथ बन्द भएको छ। बजार परिसूचक ४.१८ अंकले घट्दै २,८३३.६० विन्दुमा कायम भएको हो।

आज कुल ३४२ कम्पनीका २ करोड १ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जसले बजारमा उल्लेखनीय सक्रियता देखाएको छ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रहँदै ९३ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी रिडि पावर को ४९ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको बजारमा केही कम्पनीका लगानीकर्ताले उल्लेखनीय नाफा कमाएका छन्। सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन र पाल्पा सिमेन्ट इन्डष्ट्रिज का शेयरधनीले १० प्रतिशतसम्म लाभ आर्जन गरेका छन्।

यता, घाटा व्यहोर्ने सूचीमा यूनिक लघुवित्त का लगानीकर्ता अग्रस्थानमा रहेका छन्। यस कम्पनीको शेयर मूल्य ३.६० प्रतिशतले घटेको छ।

उपसूचकतर्फ हेर्दा ७ समूह राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.४७ प्रतिशत, विकास बैंक ०.५५ प्रतिशत, फाइनान्स ०.२९ प्रतिशत, जीवन बीमा ०.४६ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.४२ प्रतिशतले घटेका छन्।

वर्षको अन्तिम दिनमा बजार सामान्य रूपमा घटे पनि उच्च कारोबार रकमले लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/