Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने कम्पनी, अन्यको कति ?

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज ४.१८ अंकको गिरावट देखिए पनि केही कम्पनीका लगानीकर्ताले उल्लेखनीय नाफा कमाएका छन्। बजार समग्रमा ओरालो लाग्दा पनि जलविद्युत, होटल तथा सिमेन्ट क्षेत्रका केही कम्पनीहरू…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज ४.१८ अंकको गिरावट देखिए पनि केही कम्पनीका लगानीकर्ताले उल्लेखनीय नाफा कमाएका छन्। बजार समग्रमा ओरालो लाग्दा पनि जलविद्युत, होटल तथा सिमेन्ट क्षेत्रका केही कम्पनीहरू अग्रस्थानमा रहे।

आज सर्वाधिक कमाउने कम्पनीहरूमा खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डष्ट्रिज र रिज लाइन इनर्जी परेका छन्। यीमध्ये सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन र पाल्पा सिमेन्ट इन्डष्ट्रिजका लगानीकर्ताले अधिकतम १० प्रतिशतसम्म लाभ कमाएका छन्। रिज लाइन इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशत, शिखर पावर डेभलपमेन्टले ९.९८ प्रतिशत तथा मेच्छियाम हाइड्रोपावरले ९.०१ प्रतिशत नाफा दिएका छन्।

यता, बजारमा केही कम्पनीका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्। आज सबैभन्दा बढी घाटा यूनिक लघुवित्तका लगानीकर्ताले व्यहोरेका छन्, जसको मूल्य ३.६० प्रतिशतले घटेको छ। त्यसैगरी, अभियान लघुवित्त २.९७ प्रतिशत, सान्र्भी इनर्जी २.९६ प्रतिशत, माई खोला हाइड्रोपावर २.८४ प्रतिशत र मेगा म्यूचुअल फण्ड–१ का लगानीकर्ताले २.७९ प्रतिशतका दरले नोक्सानी बेहोरेका छन्।

कारोबार रकमका आधारमा भने नेशनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको आज ९३ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि रिडि पावरको ४९ करोड १९ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको ४५ करोड ४४ लाख रुपैयाँ र आँखु खोला जलविद्युतको ३८ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/