Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति सार्वजनिक: बैंक खातामा १ करोड ४६ लाख

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा उनको व्यक्तिगत तथा पारिवारिक सम्पत्तिको विस्तृत जानकारी समेटिएको छ। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहको नाममा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा उनको व्यक्तिगत तथा पारिवारिक सम्पत्तिको विस्तृत जानकारी समेटिएको छ।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहको नाममा धनुषा जिल्लामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा रहेको छ। साथै, महोत्तरी जिल्लामा ९ बिघा जमिन रहेको उल्लेख गरिएको छ, जुन उनका बुवा रामनारायण साहको नाममा रहेको जनाइएको छ।

सम्पत्ति विवरणमा उल्लेख भएअनुसार पत्नी सविना काफ्लेको नाममा पैतृक सम्पत्तिबाट प्राप्त १९० तोला सुनचाँदी रहेको छ। त्यस्तै, प्रधानमन्त्री शाहको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ बचत रहेको विवरणमा जनाइएको छ।

उनको आम्दानीको प्रमुख स्रोतका रूपमा सामाजिक सञ्जालहरू उल्लेख गरिएका छन्। फेसबुक, युट्युब, टिकटक तथा स्पोटिफाइ जस्ता प्लेटफर्मबाट उनले आम्दानी गर्ने गरेको विवरणमा खुलाइएको छ। सामाजिक सञ्जालमा उनको लोकप्रियता पनि उल्लेखनीय रहेको छ, जहाँ फेसबुकमा करिब ४० लाख, युट्युबमा १२ लाख र एक्स (ट्विटर) मा ५ लाख फलोअर रहेका छन्।

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यस विषयमा व्यापक चर्चा भइरहेको छ। पारदर्शिता कायम गर्ने उद्देश्यले सार्वजनिक गरिएको उक्त विवरणले जनतामा चासो थपेको देखिन्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/