Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

साताको अन्तिम दिन नेप्से १३.४६ अंकले घट्यो, कारोबार पनि घट्यो

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १३.४६ अंकले घट्दै २८३७.७७ विन्दुमा बन्द भएको छ। आज बजारमा सूचीकृत ३३५ कम्पनीका २ करोड…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १३.४६ अंकले घट्दै २८३७.७७ विन्दुमा बन्द भएको छ।

आज बजारमा सूचीकृत ३३५ कम्पनीका २ करोड १० लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रहँदै ५१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ४३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन र पाल्पा सिमेन्ट इन्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी कम्पनीका शेयरधनीहरूले १० प्रतिशतका दरले नाफा कमाएका हुन्।

यता, एनआईसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। यस फण्डको मूल्य ४.१७ प्रतिशतले घटेको छ।

समग्रमा, साताको अन्तिम दिन बजारमा गिरावटसँगै कारोबार रकममा पनि कमी आएको देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/