Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सिद्धार्थ बैंकका झन्डै १० लाख संस्थापक शेयर बिक्रीमा

काठमाडौं  - सिद्धार्थ बैंक लिमिटेड ले झन्डै १० लाख कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बैंकका दुई संस्थापक शेयरधनीको नाममा रहेको कुल ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं  – सिद्धार्थ बैंक लिमिटेड ले झन्डै १० लाख कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बैंकका दुई संस्थापक शेयरधनीको नाममा रहेको कुल ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीका लागि प्रस्ताव गरिएको हो।

बैंकका अनुसार, जगदीश कुमार अग्रवालको नाममा रहेको ५ लाख ४४ हजार १६४ कित्ता तथा सुबोध कुमार केडियाको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले बैंकले सोही अनुसार आवेदन आह्वान गरेको जनाएको छ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

बैंकले तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा वा सबै शेयरका लागि माग नआएमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई पनि शेयर बिक्री प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/