Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अब शुक्रबार पनि खुल्ने भयो शेयर बजार

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब शुक्रबार पनि सञ्चालन हुने भएको छ। साप्ताहिक सार्वजनिक बिदामा गरिएको परिवर्तनसँगै शेयर बजारको कारोबार दिन बढाउने निर्णय गरिएको हो। हालै नेपाल सरकार को मन्त्रीपरिषद् बैठकले…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब शुक्रबार पनि सञ्चालन हुने भएको छ। साप्ताहिक सार्वजनिक बिदामा गरिएको परिवर्तनसँगै शेयर बजारको कारोबार दिन बढाउने निर्णय गरिएको हो।

हालै नेपाल सरकार को मन्त्रीपरिषद् बैठकले ऊर्जा संकट व्यवस्थापन गर्ने उद्देश्यले सातामा दुई दिन—शनिबार र आइतबार—सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यस निर्णयका कारण आइतबार पनि शेयर बजार बन्द हुने अवस्था सिर्जना भई सातामा केवल चार दिन मात्रै कारोबार हुने स्थिति आएको थियो।

यही अवस्थालाई मध्यनजर गर्दै नेप्से सञ्चालक समितिको बैठकले शुक्रबार पनि शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै अब सातामा पाँच दिन शेयर कारोबार हुने भएको छ, जसले लगानीकर्ताहरूलाई थप अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

नेप्सेले जनाएको अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि बजारको तरलता बढ्नुका साथै समग्र पूँजी बजारको गतिशीलता सुधार हुने अपेक्षा गरिएको छ। साथै, कारोबार दिन थपिँदा लगानीकर्ताको सहभागिता बढ्ने र बजारमा स्थिरता कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/