Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालिन्चोक हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै उच्च आकर्षण, १३ गुणा बढी आवेदन

काठमाडौं - कालिन्चोक हाइड्रोपावर लिमिटेड द्वारा निष्कासन गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा पहिलो दिनमै लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड का अनुसार आइतबार साँझसम्म ७ लाख ७६ हजार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – कालिन्चोक हाइड्रोपावर लिमिटेड द्वारा निष्कासन गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा पहिलो दिनमै लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड का अनुसार आइतबार साँझसम्म ७ लाख ७६ हजार ८९४ जनाले कुल ९१ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्। यसअनुसार ९१ लाख ४४ हजार ८० कित्ताका लागि आवेदन परेको हो, जुन मागभन्दा करिब १३ गुणा बढी हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आवेदन दिने अन्तिम मिति चैत २५ गते तोकिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/