Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मार्ग खुलेको १६ वर्षपछि पखेर–बरङ्जा सडक स्तरोन्नति

काठमाडौं — म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति सम्पन्न भएको छ। मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडकअन्तर्गत पखेर–आलडाँडा खण्डमा स्तरोन्नतिको काम…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति सम्पन्न भएको छ। मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडकअन्तर्गत पखेर–आलडाँडा खण्डमा स्तरोन्नतिको काम सकिएको हो।

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरिएको उक्त योजनामा ३.५ किलोमिटर सडक ग्राभेल तथा ढलान गरिएको छ। पखेर–बरङ्जा हुँदै महेश–धापुङ–ताराखोला सडक योजनाअन्तर्गत निर्माण कार्य सम्पन्न गरिएको हो।

विसं २०६६ मा ट्र्याक खुलेको यस सडकलाई हाल ७ मिटर चौडाइमा विस्तार गरी नाली तथा टेवा पर्खाल निर्माण गरिएको छ। घुम्ती र उकालो क्षेत्रमा करिब ५५० मिटर सडक ढलान गरिएको छ भने ग्रेड र मोडहरू सुधार गरिएका छन्।

यसअघि ३ देखि ३.५ मिटर चौडाइको कच्ची तथा जोखिमयुक्त सडकमा सवारी साधन सञ्चालन गर्न कठिन हुने अवस्था थियो। हाल सडक स्तरोन्नति भएपछि ठूलो सवारी साधनसमेत सहज रूपमा सञ्चालन हुन थालेका छन्। बरङ्जादेखि बेनी पुग्ने समय पनि करिब आधामा झरेको छ।

सडक सुधारसँगै भिरालो र साँघुरा घुम्तीमा सवारी सञ्चालनको समस्या हटेको छ। स्थानीय उत्पादन दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारसम्म ढुवानी गर्न सहज भएको छ।

पखेरदेखि झाँक्रीपानीसम्मको करिब ११ किलोमिटर सडक स्तरोन्नति गर्ने आवश्यकता अझै रहेको छ। मङ्गला गाउँपालिकाका विभिन्न वडा तथा बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यस सडकलाई रणनीतिक महत्वको मानिएको छ।

चालु आर्थिक वर्षमा बजेट विनियोजन भए पनि निर्माण कार्यसँग सम्बन्धित केही भुक्तानी बाँकी रहेको अवस्था देखिएको छ, जसका कारण आपूर्ति र मजदुरी व्यवस्थापनमा चुनौती उत्पन्न भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/