Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पशुपतिनाथ–बैद्यनाथ धाम जोड्ने द्रुतमार्ग बनाउने भारतको योजना

काठमाडौं । नेपाल र भारतका प्रमुख धार्मिक तीर्थस्थललाई सडकमार्फत द्रुत रूपमा जोड्ने उद्देश्यले भारतले नयाँ उच्चगति सडक करिडोर निर्माण गर्ने योजना अघि सारेको छ। प्रस्तावित ‘पशुपतिनाथ–बैद्यनाथ धाम हाई–स्पीड करिडोर’ ले काठमाडौंस्थित पशुपतिनाथ…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । नेपाल र भारतका प्रमुख धार्मिक तीर्थस्थललाई सडकमार्फत द्रुत रूपमा जोड्ने उद्देश्यले भारतले नयाँ उच्चगति सडक करिडोर निर्माण गर्ने योजना अघि सारेको छ। प्रस्तावित ‘पशुपतिनाथ–बैद्यनाथ धाम हाई–स्पीड करिडोर’ ले काठमाडौंस्थित पशुपतिनाथ मन्दिर र भारतको झारखण्ड राज्यमा रहेको बैद्यनाथ धामलाई प्रत्यक्ष रूपमा जोड्नेछ।

उपलब्ध विवरणअनुसार करिडोर काठमाडौंबाट सुरु भई भीमनगर र वीरपुर हुँदै भारतको बिहार राज्यस्थित सुपौल जिल्लामा प्रवेश गर्नेछ। त्यसपछि मार्ग मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बांका जिल्लाबाट गुज्रिँदै झारखण्डको देवघर जिल्लास्थित बैद्यनाथ धामसम्म पुग्नेछ।

यो करिडोरको लम्बाइ करिब २४० देखि २५० किलोमिटर रहने बताइएको छ। परियोजनाका लागि बिहार सरकारले आर्थिक वर्ष २०२६/२७ को बजेटमा करिब ८ हजार २६० करोड भारतीय रुपैयाँ विनियोजन गरेको जनाइएको छ। विस्तृत प्रस्ताव भारत सरकारसमक्ष पेश गरिएको र आवश्यक स्वीकृतिपछि कार्यान्वयन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

यस करिडोरलाई विशेषगरी धार्मिक पर्यटन प्रवर्द्धनसँग जोडेर हेरिएको छ। पशुपतिनाथ र बैद्यनाथ धाम हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण आस्थाका केन्द्र मानिन्छन्। सडक सहज भएपछि तीर्थयात्रीलाई आवतजावतमा सहजता हुने र दुई देशबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ।

योजनाअनुसार तीर्थयात्रीका लागि पैदल यात्रालाई समेत ध्यानमा राख्दै सहायक सेवा सडक निर्माण गर्ने तयारीसमेत गरिएको छ। करिडोर सञ्चालनमा आएपछि नेपाल–बिहार–झारखण्ड क्षेत्रबीचको क्षेत्रीय सम्पर्क र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/