spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारजीवन विकास लघुवित्तका संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

जीवन विकास लघुवित्तका संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ — जीवन विकास लघुवित्त वित्तीय संस्थाका दुई संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि खुला गरेका छन्।

कम्पनीका अनुसार संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार कित्ता र निरज पोख्रेलको १२ हजार ४०० कित्ता गरी कुल २० हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

यसअघि कम्पनीले ३५ दिनको सूचना प्रकाशित गर्दै उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरेको थियो। तर तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति (चैत २० गते) ले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन कटहरी–२, मोरङस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here