spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारप्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा जम्मा

प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर सम्बन्धित डिम्याट खातामा जम्मा भएको जनाएको छ।

कम्पनीको पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत भई अभौतिक (डिम्याट) प्रणालीमार्फत शेयरधनीको खातामा पठाइएको हो।

कम्पनीका अनुसार पुस २१ गतेसम्म कायम रहेका शेयरधनीलाई बोनस शेयर प्रदान गरिएको हो। बूक क्लोज मितिअघि कायम रहेका योग्य शेयरधनीको खातामा उक्त बोनस शेयर जम्मा गरिएको जानकारी दिइएको छ।

यसअघि नै कम्पनीले सोही वार्षिक साधारणसभाबाट पारित ४.४२१ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइसकेको थियो।

त्यस्तै, पुस २० गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीहरूको हकमा भने बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का गरिएको छ। ऋण चुक्ता गरिसकेका शेयरधनीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस शेयर फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here