Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सेयर बजारमा उच्च गिरावट: नेप्से ७४ अंकले घट्दा २७७६ मा झर्‍यो

काठमाडौं, १८ चैत । बुधबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। यस दिन नेप्से परिसूचक ७४.७३ अंकले घट्दै २७७६.३६ विन्दुमा झरेको हो। बजार खुलेदेखि नै निरन्तर दबाबमा रहँदै दिनभर रातो अंकमै कारोबार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं, १८ चैत । बुधबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। यस दिन नेप्से परिसूचक ७४.७३ अंकले घट्दै २७७६.३६ विन्दुमा झरेको हो। बजार खुलेदेखि नै निरन्तर दबाबमा रहँदै दिनभर रातो अंकमै कारोबार भएको देखियो।

यसअघि आइतबार र सोमबार गरी दुई दिनमा ११९ अंकले घटेको बजार मंगलबार भने सामान्य सुधारसहित १९.७ अंकले मात्र उक्लिएको थियो। तर, त्यो सुधार टिक्न नसक्दा पुनः बजारमा गिरावट आएको हो।

गिरावटका बाबजुद कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार यो रकम बढेर १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ। समग्रमा १३ कम्पनीको सेयर मूल्य बढ्दा २५५ कम्पनीको मूल्य घटेको छ।

समूहगत सूचकतर्फ सबै उपसमूहमा गिरावट आएको छ। विशेषगरी ‘अन्य’ समूह सबैभन्दा बढी ५.२६ प्रतिशतले घटेको छ। यस समूहमा पर्ने नेपाल पुनर्बीमा कम्पनीको मूल्य ९.८४ प्रतिशतले घटेपछि समग्र सूचकमा बढी असर परेको हो।

त्यसैगरी बैंकिङ समूह २.३१ प्रतिशतले घट्दा विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशतले ओरालो लागेको छ।

यद्यपि, केही कम्पनीमा सकारात्मक सर्किट लागेको छ। हालै सूचीकृत भएका ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।

घट्ने कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा अगाडि रह्यो, जसको मूल्य ९.८४ प्रतिशतले घट्यो। त्यस्तै सप्तकोशी विकास बैंक ७.२८, नेसनल हाइड्रोपावर ७.१७, शिवश्री हाइड्रोपावर ७.०० र हिमाल दोलखा हाइड्रोपावर ६.४१ प्रतिशतले ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/