Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रतिकित्ता २४० रुपैयाँमा सूर्यज्योति लाइफको ५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले संस्थापक समूहअन्तर्गतको ५ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले योग्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूलाई सहभागी हुन पाउने गरी खुला बिक्री प्रक्रिया अघि…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले संस्थापक समूहअन्तर्गतको ५ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले योग्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूलाई सहभागी हुन पाउने गरी खुला बिक्री प्रक्रिया अघि बढाएको हो।

कम्पनीले उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता २४० रुपैयाँ तोकेको छ। शेयर खरिद गर्न चाहनेहरूले बोलपत्र पेश गर्दा सम्पूर्ण ५ लाख कित्ताकै लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

बोलपत्र पेश गर्ने अवधि आज चैत १८ गतेदेखि चैत २५ गतेसम्म तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड बाट प्राप्त गरी त्यहीँ बुझाउन सक्नेछन्।

बिक्री अवधिभर प्राप्त भएका बोलपत्रहरू चैत २६ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ।

यस बिक्रीमार्फत संस्थापक समूहको शेयर सर्वसाधारण तथा अन्य योग्य लगानीकर्तामा हस्तान्तरण हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/