Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वैशाख २ देखि सोपान फर्मास्युटिकल्सको आईपीओ सर्वसाधारणका लागि खुल्ने

काठमाडौं — सोपान फर्मास्युटिकल्स लिमिटेड ले आगामी वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँड गरिसकेको छ।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — सोपान फर्मास्युटिकल्स लिमिटेड ले आगामी वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँड गरिसकेको छ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट फागुन १७ गते स्वीकृति पाएको हो।

पहिलो चरणमा कम्पनीले ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरी बाँडफाँड गरिसकेको छ। त्यसपछि २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।

अब बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिने अन्तिम मिति वैशाख ६ गते तोकिएको छ। यस सेयर निष्काशनको बिक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटल लिमिटेड लाई नियुक्त गरिएको छ।

विश्लेषकहरूका अनुसार स्वास्थ्य क्षेत्रमा सक्रिय कम्पनीको आईपीओमा लगानीकर्ताको आकर्षण रहने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/