Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा सुधारः १९ अंकभन्दा बढी उकालो, कारोबार रकममा भने गिरावट

मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। लगातार दुई कारोबार दिनसम्म ओरालो लागेको नेप्से परिसूचक यस दिन पुनः हरियो क्षेत्रमा फर्किएको हो। कारोबार सुरु हुँदा २८०० विन्दुभन्दा तल झरेको बजारले त्यही आसपास…


विज्ञापनAdvertisement Banner
2 min read

मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। लगातार दुई कारोबार दिनसम्म ओरालो लागेको नेप्से परिसूचक यस दिन पुनः हरियो क्षेत्रमा फर्किएको हो। कारोबार सुरु हुँदा २८०० विन्दुभन्दा तल झरेको बजारले त्यही आसपास समर्थन पाएपछि क्रमशः उकालो यात्रा तय गरेको देखिन्छ।

यस दिन नेप्से परिसूचक १९.७० अंकले वृद्धि भई २८५१.०९ विन्दुमा पुगेको छ। साथै, सेन्सेटिभ इण्डेक्स ३.२६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले उकालो लागेको छ।

सूचकमा सुधार देखिए पनि कुल कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार करिब १३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३३९ वटा स्टकको १ लाख ३७ हजार ८५७ पटकको किनबेचबाट ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँ बराबरको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन पाँच कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनका लगानीकर्ताले उच्च लाभ कमाएका छन्। यस्तै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने अन्य केही कम्पनीको मूल्य पनि ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। विपरीततर्फ, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ८.९६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको झण्डै ४८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै, अपि पावर कम्पनीको करिब ४१ करोड रुपैयाँ बराबरको शेयर किनबेच हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम पनि साढे ३७ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

उपसमूहगत रुपमा हेर्दा १३ मध्ये ११ उपसमूहमा वृद्धि भएको छ भने २ उपसमूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन उपसमूहमा सर्वाधिक १.९४ प्रतिशतले वृद्धि भएको छ। वित्त तथा होटल–पर्यटन उपसमूहमा पनि उल्लेखनीय सुधार देखिएको छ। यद्यपि, म्युचुअल फण्ड र अन्य उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/