Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बालेन सरकारपछि दोस्रो दिन पनि 47.71अंकले घट्यो नेप्से

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको शेयर बजारमा नयाँ  बालेन सरकार गठनपछि पहिलो कारोबार दिन नै तीव्र गिरावट देखिएको छ। लगानीकर्ताहरूले नाफा सुरक्षित गर्ने प्रवृत्ति बढेसँगै बजारमा दबाब सिर्जना भएको हो।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको शेयर बजारमा नयाँ  बालेन सरकार गठनपछि पहिलो कारोबार दिन नै तीव्र गिरावट देखिएको छ। लगानीकर्ताहरूले नाफा सुरक्षित गर्ने प्रवृत्ति बढेसँगै बजारमा दबाब सिर्जना भएको हो।

आइतबार नेप्से परिसूचक ७१.०५ अंकले घट्दै २८७९.११ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स १२.९६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६० अंकले ओरालो लागेको छ।

सूचक घटेपनि कारोबार रकम भने वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा बढी कारोबार हुँदै ३३३ कम्पनीका करिब १ लाख ९६ हजारभन्दा बढी कारोबारबाट १५ अर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। सो दिन ३ करोड ५२ लाखभन्दा बढी कित्ता शेयर कारोबारमा आएका थिए।

गिरावटका बीच पनि केही कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनका शेयर उच्च दरले बढेका छन्।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर अग्रस्थानमा रहँदा ङादी ग्रुप पावर र सोलु हाइड्रोपावर पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्।

यस दिन सबै उपसमूहको परिसूचक घटेको छ। विशेषगरी वित्त, व्यापार, बैंकिङ, विकास बैंक, जलविद्युत, बीमा लगायतका उपसमूहमा उल्लेख्य गिरावट देखिएको छ, जसले समग्र बजारलाई नै दबाबमा राखेको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/