Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

लुम्बिनी विकास बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ - लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको छ। बैंकले संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठ को नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको हो।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको छ। बैंकले संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठ को नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको हो।

बैंकका अनुसार प्रचलित व्यवस्था बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने हुन्छ। सोही अनुसार गत फागुन १० गते सूचना प्रकाशित गरी ३५ दिनको समयावधि प्रदान गरिएको थियो। तर उक्त अवधिभित्र कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र काठमाडौँको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/