Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालीमाटी बजारमा आज तरकारी तथा फलफूलको भाउ सार्वजनिक

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीअनुसार बजारमा अधिकांश कृषि उपजको मूल्य मध्यम स्तरमा कायम रहेको छ। आज सानो…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीअनुसार बजारमा अधिकांश कृषि उपजको मूल्य मध्यम स्तरमा कायम रहेको छ।

आज सानो लोकल गोलभेंडा प्रतिकिलो २५ देखि ३५ रुपैयाँसम्म, लोकल बन्दा २२ देखि ३० रुपैयाँ, स्थानीय काउली ७० देखि ८० रुपैयाँ र घिउ सिमी ११० देखि १२० रुपैयाँसम्म कारोबार भइरहेको छ। भिण्डीको मूल्य १३० देखि १४० रुपैयाँ तथा इस्कुस ५० देखि ६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

त्यस्तै, आलु रातो १५ देखि २० रुपैयाँ, प्याज (भारतीय) ३४ देखि ३६ रुपैयाँ, गाजर १६ देखि ३५ रुपैयाँ र मूला १५ देखि ३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। हरियो सागसब्जीअन्तर्गत तोरीको साग ४० देखि ५० रुपैयाँ, पालुङ्गो साग १०० देखि ११० रुपैयाँ तथा मेथीको साग १०० देखि ११० रुपैयाँसम्म तोकिएको छ।

फलफूलतर्फ स्याउ (फुजी) २५० देखि ३०० रुपैयाँ, केरा प्रतिदर्जन २०० देखि २२० रुपैयाँ, कागती २२० देखि २४० रुपैयाँ र अनार ३०० देखि ३५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। अंगुर (हरियो) २०० देखि २२० रुपैयाँ तथा (कालो) ३३० देखि ३५० रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, किवी र एभोकाडो प्रतिकिलो ३०० देखि ४०० रुपैयाँ, स्ट्रबेरी २५० देखि ३३० रुपैयाँ र सुन्तला १३० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

मसला तथा अन्य वस्तुहरूमा अदुवा ८५ देखि १०० रुपैयाँ, हरियो खुर्सानी ७० देखि १२० रुपैयाँ तथा अकबरे खुर्सानी ७०० देखि ८०० रुपैयाँसम्म पुगेको छ। लसुन (चाइनिज) २३० देखि २५० रुपैयाँ र नेपाली लसुन १८० देखि २०० रुपैयाँसम्म तोकिएको छ।

समितिका अनुसार यी मूल्यहरू दैनिक आपूर्ति र मागका आधारमा परिवर्तन हुन सक्नेछन्। बजारमा मूल्य स्थिर राख्न नियमित अनुगमन भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/