Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सञ्चय कोषद्वारा ५ अर्बभन्दा बढी मुनाफा वितरण, खातामा रकम जम्मा

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई कुल ५ अर्ब ३० करोड रुपैयाँ बराबरको मुनाफा वितरण गरेको छ। उक्त रकम चालु आर्थिक वर्ष २०८१/८२ मा आर्जित नाफाबाट सम्बन्धित व्यक्तिहरूको खातामा पठाइएको हो।…


विज्ञापनAdvertisement Banner
2 min read

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई कुल ५ अर्ब ३० करोड रुपैयाँ बराबरको मुनाफा वितरण गरेको छ। उक्त रकम चालु आर्थिक वर्ष २०८१/८२ मा आर्जित नाफाबाट सम्बन्धित व्यक्तिहरूको खातामा पठाइएको हो।

कोषका अनुसार, करिब ५ अर्ब १९ करोड रुपैयाँ सञ्चयकर्ताको व्यक्तिगत खातामा जम्मा गरिएको छ भने योगदानमा आधारित निवृत्तिभरण कोषतर्फका सदस्यहरूलाई करिब १० करोड ५५ लाख रुपैयाँ उपलब्ध गराइएको छ।

यस वितरणको निर्णय सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले गरेको हो। सो निर्णयअनुसार व्यक्तिगत खातामा रहेको मौज्दात रकमको १ प्रतिशतका दरले मुनाफा प्रदान गरिएको हो।

कोषले हरेक आर्थिक वर्षमा आर्जित कुल नाफाको करिब ९० प्रतिशत रकम सदस्यहरूको खातामा जम्मा गर्ने नीति लिँदै आएको छ भने बाँकी रकम विभिन्न जगेडा तथा कल्याणकारी कोषमा राखिन्छ।

हाल सञ्चय कोषले ८.२५ प्रतिशत ब्याजदर उपलब्ध गराइरहेको छ। यसमा थप १ प्रतिशत मुनाफा जोडिँदा सदस्यहरूले कुल ९.२५ प्रतिशतसम्म प्रतिफल पाउने भएका छन्।

त्यसैगरी, कोषले सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी सुविधा पनि उपलब्ध गराउँदै आएको छ, जसमा ८.७५ प्रतिशत ब्याजदर लाग्ने गर्दछ। यसले गर्दा प्राप्त प्रतिफल र तिर्नुपर्ने ब्याजबीचको अन्तर न्यून रहने बताइएको छ।

साथै, सञ्चय कोषले आफ्नै स्रोतबाट विभिन्न सामाजिक सुरक्षा कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत स्वास्थ्य, दुर्घटना, सुत्केरी तथा अन्य सहयोगहरू प्रदान गरिँदै आएको छ।

हाल कोषसँग लाखौं सञ्चयकर्ता तथा निवृत्तिभरण कोषका सदस्य आबद्ध रहेका छन्।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/