Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि स्नो रिभर्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं — स्नो रिभर्स लिमिटेड ले निष्काशन गरिरहेको आईपीओअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि प्रथम चरणको आईपीओ निष्काशन सुरु गरेको थियो।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — स्नो रिभर्स लिमिटेड ले निष्काशन गरिरहेको आईपीओअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि प्रथम चरणको आईपीओ निष्काशन सुरु गरेको थियो।

नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ७५ हजार कित्ता आईपीओ जारी गरिरहेको छ।

हाल कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गरिरहेको छ।

आयोजना प्रभावितअन्तर्गत ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाका विभिन्न वडाका बासिन्दा तथा अन्य प्रभावित क्षेत्रका स्थानीयलाई समान रूपमा शेयर छुट्याइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत रहेको प्रमाणका आधारमा आवेदन दिन सक्नेछन्। उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आज बैंकिङ समयसम्म मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्। यता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि भने चैत २३ गतेसम्म आवेदन दिने म्याद कायम गरिएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले सम्हालेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/