spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारकालिन्चोक हाइड्रोपावरले चैत २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

कालिन्चोक हाइड्रोपावरले चैत २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

काठमाडौं — कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आगामी चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर) निष्काशन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ वितरण गरिसकेको छ। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर खुला गर्न लागिएको हो।

नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति पाएअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ। यसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो, जसको बाँडफाँड भइसकेको छ।

अब बाँकीमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति चैत २५ गते तोकिएको छ।

कम्पनीको क्रेडिट रेटिङ केयर रेटिङ्ग नेपाल ले “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here