spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तनेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड को २.५३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड को २.५३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं — नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले ६ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो।

बैंकका अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या तथा सोको रकम उल्लेख गरी काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिष्ट्रार कार्यालयमा निवेदन दिनुपर्नेछ।

बैंकले तोकिएको समयसीमाभित्र पर्याप्त आवेदन नपरेमा वा सबै शेयर बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणका लागि खुला गर्ने प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

यस कदमलाई बैंकले शेयर संरचना व्यवस्थापन तथा लगानी विस्तारका रूपमा लिएको जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here