spot_img
20.9 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रभद्रपुरबाट दुई अर्ब ७० करोडभन्दा बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं — आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ। यो रकम सो अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ८०.४३ प्रतिशत हो।

कार्यालयका प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म तीन अर्ब ३६ करोड ४१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तय गरिएको थियो। तर फागुन महिनामा मात्रै ४४ करोड ५० लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिए पनि लक्ष्यको ५७.१७ प्रतिशत मात्र संकलन भएको उनले बताए।

कार्यालयका अनुसार आठ महिनाको अवधिमा आयकरबाट एक अर्ब २४ करोड ८२ लाख ४४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ९७ करोड ३२ लाख १८ हजार रुपैयाँ तथा अन्तःशुल्कबाट ३६ करोड ७० लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

प्रमुख कर अधिकृत थापाले पछिल्लो समय सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण बजार अनुगमन लगायतका गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा राजस्व सङ्कलनमा केही असर परेको बताए। उनले आगामी दिनमा लक्ष्य प्राप्तिका लागि बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यवहारिक कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here