Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दमौलीमा १ अर्ब २१ करोड लागतमा आर्क ब्रिज निर्माण तीव्र

काठमाडौं - मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको आधुनिक पुलको काम तीव्र गतिमा अघि बढिरहेको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको उक्त पुलमा हालसम्म करिब ७७…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको आधुनिक पुलको काम तीव्र गतिमा अघि बढिरहेको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको उक्त पुलमा हालसम्म करिब ७७ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ।

योजनाका इञ्जिनियर तथा सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। दुवैतर्फको फाउण्डेशनको काम सम्पन्न भइसकेको र अहिले आर्क डिजाइनको संरचना निर्माण भइरहेको उनले बताए।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुलको ठेक्का अवधि गत भदौ २१ गते सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप गरिएको छ। थपिएको म्यादभित्रै निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ।

पुल निर्माणका लागि २०७९ साउन २६ गते अन्नक जेडआइस्टी जेभीसँग सम्झौता भएको थियो। पाण्डेका अनुसार चालु आर्थिक वर्षभित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

३१५ मिटर लम्बाइको पुलमा ६ वटा स्पान रहनेछन्। पुलका दुवै किनारमा दुई–दुई वटा ‘प्रिस्टेटस् बक्स गडर’ स्पानको काम सम्पन्न भइसकेको छ भने बीचका दुई स्पान कङ्क्रिट नेचर आर्क ब्रिज हुनेछन्।

करीब १ अर्ब २१ करोड रुपैयाँ (भ्याटसहित) लागतमा निर्माण भइरहेको यो पुल २३ मिटर चौडाइको मोनोलेथिक स्ट्रक्चरमा आधारित हुनेछ, जुन नेपालकै पहिलो प्रकारको पुल भएको आयोजनाले जनाएको छ।

निर्माण कम्पनी अन्नक जेडआइस्टी जेभीका साइट म्यानेजर दिनेशकुमार श्रेष्ठका अनुसार पुल निर्माण कार्य निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल निर्माणस्थलमा दैनिक करिब १५० कामदार खटिएका छन्।

नयाँ पुल चार लेनको हुनेछ। अहिले मादी नदीमाथि रहेको ३७० मिटर लम्बाइको दुई लेनको पुरानो पुलभन्दा करिब ५० मिटर दूरीमा नयाँ पुल निर्माण भइरहेको छ। नयाँ पुल बनेपछि मुग्लिन–पोखरा सडक खण्डमा सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/