Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आधा सिलिन्डर ग्यास मात्रै बिक्री गर्ने आयल निगमको निर्णय

काठमाडौं — नेपाल आयल निगमले शुक्रबारदेखि घरेलु एलपी ग्यास आपूर्ति प्रणालीमा नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल आयल निगमले शुक्रबारदेखि घरेलु एलपी ग्यास आपूर्ति प्रणालीमा नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन्।

निगमले आधा सिलिन्डर ग्यासको मूल्य पनि हालको पूर्ण सिलिन्डरको आधा मात्रै निर्धारण गरिएको जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा जारी युद्ध र आपूर्ति चुनौतीका कारण बजारमा ग्यासको माग बढ्दै गएपछि ग्यासको पहुँच विस्तार गर्न यस्तो व्यवस्था लागू गर्नुपरेको निगमले जनाएको छ।

कार्यकारी निर्देशक भट्टका अनुसार नयाँ व्यवस्थापछि ग्यास वितरणको पहुँच थप व्यापक हुने अपेक्षा गरिएको छ। उनका अनुसार पहिले जहाँ १ हजार उपभोक्ताले ग्यास पाउँथे, अब करिब २ हजार उपभोक्तासम्म ग्यास उपलब्ध गराउन सकिने विश्वास गरिएको छ।

निगमले यो व्यवस्थाले घरेलु बजारमा ग्यासको आपूर्ति सहज बनाउन र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सहयोग पुग्ने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/