Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सात महिनामा मदिरा आयातबाट १ अर्ब ६३ करोडभन्दा बढी खर्च

चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत माघ मसान्तसम्म (सात महिनामा) कुल १ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ बराबरको मदिरा विदेशबाट आयात भएको छ भने भन्सार विभागले प्रकाशित तथ्यांकले देखाएको छ…


विज्ञापनAdvertisement Banner
1 min read

चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत माघ मसान्तसम्म (सात महिनामा) कुल १ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ बराबरको मदिरा विदेशबाट आयात भएको छ भने भन्सार विभागले प्रकाशित तथ्यांकले देखाएको छ ।

त्यस अवधिमा १९,,८८८ लिटर मदिरा देशभित्र भित्र्याइएको थियो । सो परिमाणको आयातमा मुलुकले २ अर्ब ६३ करोड ३४ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

आयात गरेको मदिरामध्ये

  • ह्विस्की सबैभन्दा धेरै रही ,५०,४१९ लिटर मगाउन १ अर्ब २२ करोड ५८ लाख ८८ हजार रुपैयाँ खर्च भयो ।
  • भोड्का को आयातका लागि ३६,०७२ लिटरका लागि ४ करोड ५९ लाख ३९ हजार रुपैयाँ लगियो ।
  • रमका लागि ८०५ लिटर आयातमा ९ लाख ८८ हजार रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ ।
  • अन्य मदिरा मद्यमध्ये १३,२०,५४७ लिटरका लागि ३६ करोड १९ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ ।

यी तथ्यांकले यो आर्थिक वर्षको पहिलो सात महिनामा मदिरा आयात र त्यसबाट उठेको राजस्वको अवस्था झल्काउँछ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *