Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत्

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगम ले तत्कालका लागि उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ। निगमले आइतबार विज्ञप्ति जारी गर्दै हाल कायम…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगम ले तत्कालका लागि उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ। निगमले आइतबार विज्ञप्ति जारी गर्दै हाल कायम मूल्यलाई यथावत् राख्ने जानकारी दिएको हो।

निगमका अनुसार पछिल्लो मूल्य समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ०९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसाले लागत बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिका कारण निगमको आयात लागत बढेको भए पनि उपभोक्तालाई राहत दिने उद्देश्यले तत्काल मूल्य नबढाइएको विज्ञप्तिमा उल्लेख छ।

निगमले बजारको अवस्थालाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ। अन्तर्राष्ट्रिय मूल्य र विनिमय दरमा हुने उतार–चढावका आधारमा आगामी दिनमा आवश्यक निर्णय गरिने पनि स्पष्ट पारेको छ।

पछिल्ला दिनमा विश्व बजारमा कच्चा तेलको मूल्यमा देखिएको वृद्धिले इन्धन आयात गर्ने मुलुकहरूमा दबाब सिर्जना गरिरहेको छ। नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्य निर्धारणको जिम्मेवारी नेपाल आयल निगम सँग रहेको छ।

निगमको निर्णयले तत्कालका लागि उपभोक्तालाई केही राहत पुगेको विश्लेषण गरिएको छ। तर अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि निरन्तर रहिरहेमा आगामी दिनमा समायोजनको सम्भावना भने खुला रहेको बताइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/