Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

चुनाव नजिकिँदै दाङका बजारमा दैनिक उपभोग्य वस्तुको माग उकालोमा

दाङ — प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गएको समयमा दाङका बजार क्षेत्रमा दैनिक उपभोग्य सामानहरूको माग उल्लेखनीय रूपमा बढिरहेको छ। चुनावी माहोलले राजनीतिक गतिविधि तीव्र बनाइरहेकाले बजारमा चहलपहल पनि बढेको छ। बजारमा…


विज्ञापनAdvertisement Banner
2 min read

दाङ — प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गएको समयमा दाङका बजार क्षेत्रमा दैनिक उपभोग्य सामानहरूको माग उल्लेखनीय रूपमा बढिरहेको छ। चुनावी माहोलले राजनीतिक गतिविधि तीव्र बनाइरहेकाले बजारमा चहलपहल पनि बढेको छ।

बजारमा सवारीसाधन तथा मानिसको आवतजावत बढेपछि होटल, खाना पसल र रेष्टुरेन्टमा ग्राहक संख्यामा वृद्धि देखिएको व्यवसायीले बताएका छन्। यसका कारण तरकारी, मासु, दूध, दही, अन्डा लगायत दैनिक आवश्यक वस्तुहरूको माग पनि बढेको छ।

घोराही, तुलसीपुर र अन्य मुख्य बजारका होटल व्यवसायीहरूले विगत केही हप्तामा व्यापारमा थोरै सुधार आएको अनुभव गरेका छन्। चुनावी टोलीहरू बिहान, दिउँसो र साँझ खाना खाने गरिरहेका हुनाले बिक्रीमा केही वृद्धि आएको हो। तर, यस वृद्धि हाल निर्वाचन गतिविधिसँग मात्र सिमित हुने व्यवसायीको तर्क छ।

त्यस्तै, पर्चा, ब्यानर, फ्लेक्स तथा प्रिन्टिङ सामग्रीको माग पनि बढेको छ किनभने उम्मेदवारहरूले प्रचार–प्रसार सामग्री छपाइरहेका छन्।

दाङ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूका अनुसार चुनावी चहलपहलले बजारमा भीड भाड बढाए पनि अपेक्षाअनुसार व्यापक आर्थिक गतिविधि विस्तार हुन नसकेको बताएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/