Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

फास्ट ट्र्याकको शुरु बिन्दु फर्सिडोलमा सार्दा खर्च र समय दुबै बढ्ने संभावना

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरु हुने ठाउँ फर्सिडोल तिर सराउने प्रस्तावले आयोजनाको कुल लागत र समय दुवै बढ्ने देखिएको छ। सडक विभाग र अध्ययनमा संलग्न एक अधिकारीले यस्तो…


विज्ञापनAdvertisement Banner
2 min read

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरु हुने ठाउँ फर्सिडोल तिर सराउने प्रस्तावले आयोजनाको कुल लागत र समय दुवै बढ्ने देखिएको छ। सडक विभाग र अध्ययनमा संलग्न एक अधिकारीले यस्तो संभावना औंल्याएका छन्।

पहिले खोकना लाई फास्ट ट्र्याकको मुख्य जिरो पोइन्ट (शुरु बिन्दु) बनाउने योजना थियो। तर त्यहाँको जग्गा अधिग्रहण विवाद पुरै नसमाधान भएको छैन। विवाद रोकिएर बसेकोले सरकारले वैकल्पिक रुपमा ललितपुरको फर्सिडोललाई सुरु बिन्दु बनाउने तयारी गरेको बताइएको छ।

अध्ययन अनुसार, फर्सिडोललाई जिरो पोइन्ट मान्दा उपत्यकाको मुख्य केन्द्र बल्खुसम्म पुग्न चार घण्टा पनि लाग्न सक्ने सम्भावना रहेको छ। अध्ययनमा सहभागी अधिकारीले भनेका छन् कि फास्ट ट्र्याकबाट डेढ घण्टामा फर्सिडोलसम्म आइपुगिए पनि त्यहाँबाट सहरको मुख्य भागमा आवतजावत उत्तिकै कठिन हुनेछ।

फास्ट ट्र्याकलाई सफल बनाउन खोकना क्षेत्रभित्र कम्तीमा १५ वटा नयाँ पहुँच मार्ग (लिङ्क रोड) बनाउनु पर्ने सुझाव पनि अध्ययन रिपोर्टमा समावेश गरिएको छ। यदि सुरु बिन्दु सहरबाट टाढा सारियो भने सडकलाई उपत्यकासँग जोड्न थप लिङ्क रोडहरू आवश्यक पर्ने हुँदा लागत र मुआब्जा दुबै बढ्ने जोखिम छ।

अधिकारिहरूले राजनीतिक इच्छाशक्ति र क्षेत्रीय दबाबका कारण पनि सुरु बिन्दु सर्ने प्रयास भएको बताउँदै आएका छन्। साथै फर्सिडोल क्षेत्रमा समेत पर्याप्त जग्गा नपुगेको र बसपार्क निर्माणका लागि अझै समस्या रहेकाले थप चुनौती हुने तर्क गरिएको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/