Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज सुन र चाँदीको भाउमा उछाल

नेपाली बजारमा आज सुन र चाँदीको भाउ फेरि बढोत्तरी भएको छ । यसअघि बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ३,१५,४०० पुगेको र चाँदीको मूल्य पनि रु १० ले…


विज्ञापनAdvertisement Banner
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

नेपाली बजारमा आज सुन र चाँदीको भाउ फेरि बढोत्तरी भएको छ । यसअघि बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ३,१५,४०० पुगेको र चाँदीको मूल्य पनि रु १० ले बढेर रु ५,७२५ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यो नयाँ कारोबार मूल्य तय गरेको जनाएको छ । यसअघि मंगलबार सुनको भाउ रु ३,१४,८०० र चाँदीको भाउ रु ५,७१५ थियो । हिजो बुधबार सुनको मूल्य रु ३,१४,८०० र चाँदी रु ५,५८५ को दरमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी क्रमशः करिब ५१९० अमेरिकी डलर र ९१ अमेरिकी डलर प्रति औँसमा कारोबार भइरहेकाले मूल्यमा प्रभाव परेको विश्लेषकहरूले बताएका छन् ।

यसरी निरन्तर बढ्दो भाउले सुन र चाँदीखरीदार तथा लगानीकर्ताबीच चासोको विषय बनेको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/